नेपालमा लोकप्रिय मोबाइल ब्रान्डमध्ये शाओमी पनि एक हो। अहिले शाओमीले बजार तताइरहेको छ। छोटो अवधिमा यो सफलता प्राप्त गर्न कसरी सम्भव भयो? विशनेस मोडल के–के हुन्? बजार रणनीति कस्तो छ? लगायतका विषयमा कन्ट्री जनरल म्यानेजर शाओमी नेपालका सौरभ कोठारीसँग गरिएको कुराकानिको अंशः
शाओमी नेपालका शिर्ष ब्राण्डहरु मध्यको एक हो, यति छोटो अवधिमा यो कसरी सम्भव भयो?
हामी हाम्रा ग्राहकहरुका लागि नविनतम उत्पादनहरु ल्याउनमा विश्वास राख्छौ। स्मार्टफोन बजार निरन्तर विकसित हुँदै गइरहेको छ।
जसले प्रयोगकर्ताहरुलाई उत्पादनहरुमा पहिला जस्तै नयाँ विशेषताहरु अनुभव गर्ने अवसर प्रदान गर्दछ। हाम्रो ब्राण्डले नविनतम सबैलाई उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ। यो नै हाम्रो सफलताको मुख्य कारण हो।
देशभर शाओमीका विशिष्ट सर्भिस सेन्टर र ५ आधिकारिक सर्भिस सेन्टर छन्। हामी बिक्रीपछिका सेवामा गर्व गर्छौ।
हाम्रो नयाँ रिटेल मोडलले मी प्रिफर्ड पार्टनरहरु, मी रिटेल पार्टनरहरु मार्फत रिटेल प्रयोगकर्ताहरुको अनुभवका साथ ई–कमर्स दक्षतालाई जीवित राख्छ।
यस उद्योगमा भइरहेको विश्वव्यापी विकासमा हाम्रो देश पनि बराबर विकसित भइरहेको छ भन्ने सुनिश्चित गर्न विश्वव्यापी उद्देश्यलाई कायम राखेर स्थानीय ब्राण्डको रुपमा काम गर्दै आइरहेका छौं।
हाम्रा सफलतामा निरन्तर योगदान पुर्याउने मी फ्यानहरु हाम्रा स्तम्भ हुन्। ‘मी फ्यानहरु’ शाओमी ब्राण्डप्रति वफादार रहेका प्रयोगकर्ताहरुको विशाल ग्लोबल समुदाय हो। जसले सक्रिय रुपमा कम्पनीको उत्पादन विकासमा योगदान पुर्याइरहेका छन्।
तपाईंको कम्पनीको बिजनेश मोडलबारे केही भन्नुहोस् न?
शाओमी एक इन्टरनेट कम्पनी हो। जसका स्मार्ट उत्पादनहरु आईओटी प्ल्याटफर्मद्वारा जोडिएका छन्। हाम्रो ट्रायथलन बिजनेश मोडलहरुः हार्डवेयर, नयाँ रिटेल र इन्टरनेट सेवाहरुमा केन्द्रित छ। शाओमीलाई यहाँसम्म पुर्याउन यसले स्तम्भको रुपमा काम गरेको छ।
सर्वप्रथम नविनतम, उच्च गुणस्तर र उत्कृष्ट ढंगले डिजाइन गरिएको हार्डवेयर असाधारण प्रयोगकर्ता अनुभव प्रदान गर्न केन्द्रित छ। दोस्रो अत्याधिक कुशल नयाँ खुद्रा विक्रेताले उत्पादनको मूल्य निर्धारण गर्न अनुमति दिन्छ र अन्ततः संलग्न इन्टरनेट सेवाहरु हाम्रा बिजनेश मोडल हुन्।
तपाईंहरुको बजार रणनीति चाहिँ के हो?
अन्य देशमा जस्तै नेपालमा पनि हामीले नयाँ खुद्रा ढाँचाको अनुसरण गरेका छौं। हामी अनलाइन र अफलाइन दुवैमा बिक्री गर्छौ तर अफलाइन खण्डमा माग उच्च भएकाले यसलाई व्यवसायको अफलाइन श्रेणीमा विभिन्न फम्र्याटमार्फत परिपूर्ति गरिरहेका छौं।
नयाँ रिटेल मोडलअन्तर्गत हामीसँग व्यवसायको अफलाइन श्रेणीमा विभिन्न फम्र्याटहरु छन्ः मी प्रिफर्ड पार्टनर माइनस२६०प्लस, मी खुद्रा पार्टनर माइनस१२सयप्लस र मी स्टोर – ४ स्टोर। हामी अहिले दराज र सस्तोडिलबाट अनलाइन बिक्री गरिरहेका छौं।
‘मी स्टोर’ भनेको के हो?
‘मी स्टोर’ रिटेल आउटलेट शाओमीको फ्ल्यागसीप मी होमको एक्सटेन्सन हो। जुन विभिन्न देशहरुमा भेट्टाउन सकिन्छ।
विभिन्न शहरमा रहेको शाओमीको एक्सक्लुसिभ अफलाइन रिटेल स्टोर हुन्। मी स्टोरले देशको दुर्गम क्षेत्र समेट्दै ब्राण्डको विशाल पहुँच प्रदर्शन गर्छ।
यससँगै प्रभावकारी नयाँ रिटेल विकसित गर्न ब्राण्डको विशाल प्रगतिको प्रतिक गर्दै देशभरका ग्राहकहरुलाई ब्राण्डको अनुभव बढाउँछ।
हाल न्यूरोड, चावहिल, पुलचोक र विराटनगर गरेर नेपालमा ४ मी स्टोरहरु छन्।
उद्यमशीलतालाई बढुवा दिने शाओमीको व्यापक प्रयासको अंशको रुपमा कम्पनीले विश्वभरका मी फ्यानहरुलाई यी फर्म्याट अपनाएर मी स्टोरहरु संचालन गर्न प्रेरित गरिरहेको छ।
अफलाइनको तुलनामा अनलाईको माग कस्तो छ?
नेपालमा माग अफलाइन क्षेत्रमा निकै बढी छ। नेपालमा मानिसहरु आफूले खरिद गर्न इच्छुक उत्पादनहरु पसलमा गएर हेर्न, महशुस गर्न र प्रतिस्पर्धी ब्राण्डसँग त्यसको लाभ र विशेषताहरु तुलना गर्न रुचाउँछन्।
यद्यपी दराजले विस्तारै ई–कमर्सप्रति विश्वास बढाउँदै राम्रा क्याम्पेनहरु संचालन गर्न सफल भइरहेको छ। हाम्रो रेडमी नोट सिरिजले सार्वजनिक भएयता अनलाइनमा राम्रो गरिरहेको छ।
नेपालमा अफलाइन बजार अनलाइनको तुलनामा कति ठूलो छ?
अफलाइन बजारले मुख्य रुपमा अनलाइनको तुलनामा ९८ प्रतिशत स्मार्टफोन बजार ओगटेको छ।
अधिकांश उपभोक्ताहरु आफैले उतपादनको अनुभव गर्न र अन्य विकल्पहरुसँग तुलना गर्न रुचाउने भएकाले रिटेल आउटलेट र अधिकृत स्टोरहरुबाट अफलाइन खरिद गर्न चहान्छन्।
नेपाली प्रयोगकर्ताहरु सामान्यतया नविनतम उत्पादनमा रुची राख्ने भएकाले उनीहरु स्थानीय पसलहरुमा जान्छन् र आफुसँग भएको बजेटमा आउने उत्कृष्ट विकल्प खोज्छन्।
तपाईंले खुद्रा पार्टनरहरु कसरी चयन गर्नुहुन्छ?
जब खुद्रा बिक्रेताहरु चयनको कुरा आउँछ तब हामी विशेष ध्यान दिन्छौं। जस्तैः हामी पार्टनरसीप गर्ने योजना बनाउँदा पसलको स्थानलाई विशेष ध्यान दिन्छौं। पसल फराकिलो हुनुपर्छ।
स्मार्टफोन बिक्रीले धेरै हदसम्म मापनको आवश्यकता, उत्पादन र सेवाहरुको अधिक आपूर्ति हुने स्थान निर्धारण गर्छ।
ब्राण्ड र प्रयोगकर्ताबीच पार्टनरको स्वच्छ च्यानल सम्बन्ध हुनुपर्छ।
यससँगै हामी जोशिलो व्यक्तिसँग काम गरिरहेका छौं भन्ने सुनिश्चित गर्न निकै महत्वपूर्ण छ। हाम्रो खुद्रा विक्रेताहरुसँगको सम्बन्ध सामान्य व्यवसाय भन्दा माथि छ।
हामी हाम्रा साझेदारहरुसँग व्यक्तिगत सम्बन्ध विकास गरेर यसलाई कायम राख्न विश्वास राख्छौं। र त्यो ब्राण्ड र व्यवसायको रुपमा वृद्धि हुनुको रहस्य पनि हो।
अफलाइन बजारमा कसरी विकास गरिरहनु भएको छ?
शाओमी ब्राण्डले स्थापनाकालदेखि नै ठूलो वृद्धि गरिरहेको छ। सन् २०१९ फेब्रअरीको तुलनामा बिक्रीमा तीन गुणाले वृद्धि भएको छ। हाम्रा उत्कृष्ट उत्पादनहरु नोट सिरिज र रेडमी ८ए ले बिक्रीमा महत्वपूर्ण योगदान पुर्याउँदै हाम्रो सफलतालाई उकासेको छ।
अहिले देशभर २५० भन्दा बढी मी प्रिफर्ड पार्टनर र १२०० भन्दा बढी रिटेल पार्टनरहरु छन्। हाम्रा पार्टनरहरु, सेल्स टीम र मी फ्यानहरुको सहयोगले गर्दा नेपालमा हाम्रो सञ्जाल निकै मजबुत भएको छ।
बिक्रीपछिको सेवा कसरी दिइरहनु भएको छ?
शाओमी प्रयोगकर्तामा केन्द्रित एक कम्पनी हो। मी फ्यानहरु हाम्रो व्यवसायका मूल आधार हुन्। हाम्रो लक्ष्य ग्राहकहरुलाई नेपाली बजारमा उत्कृष्ट अनुभव प्रदान गर्नु हो। र ग्राहकलाई उत्कृष्ट ब्राण्डको अनुभव सुनिश्चित गर्न हामीले सक्ने जति सबै कुरामा निरन्तरता दिएका छौं।
यो छोटो अवधिमा आज हामीसँग ५ डेडिकेटेड स्मार्टफोन सर्भिस सेन्टरहरु छन्। शाओमी ग्राहकको मन जित्नमा एक विजेताको रुपमा प्रस्तुत भएको छ।
तपाईंले अफलाइन बजारमा सफलतापूर्वक बिक्री गर्नुभएको शिर्ष उत्पादनहरु कुन–कुन हुन?
हाम्रा सबै उत्पादनहरुले अफलाइनमा अत्याधिक राम्रो गरिरहेका छन्।
हालै यस श्रेणीमा रेडमी ८ र रेडमी नोट ८ सबैभन्दा सफल फोनहरु हुन्। रेडमी नोट८ प्रो पनि यो मूल्य श्रेणीमा चयाम्पियन बनेको छ।