पहिला प्रिमियम फ्ल्यागसिप फोनमा आइफोनको मात्र एकाधिकार थियो। तर पछिल्लो समय विभिन्न कम्पनीले पनि यस्ता फोन बजारमा ल्याउन थालेका छन्।
हाल भने बजारमा सुपर प्रिमियम फ्ल्यागसिप फोन दक्षिण कोरियन कम्पनी सामसङको मात्र रहेको छ। यी फोनका बारेमा यहाँ चर्चा गरिएको छ।
सामसङको एस र एन सिरिजमा प्रिमियम फ्यागिसिप फोन उपलब्ध छन्।
एन सिरिज अन्तर्गत नोट १० र नोट १० प्लस छन्। त्यस्तै, एस सिरिज अन्तर्गत एस२० र एस२० प्लस छन्।
नोट १० र नोट १० प्लस
यी फोनमा पावरफुल डिभाइस जडान गरिएको छ। पावरफुल डिभाइसबाट काम गर्ने वर्गलाई लक्षित गरेर यो फोन भित्र्याइएको कम्पनीले बताएको छ।
यी फोनमा डिस्प्ले, क्यामरा, ब्याट्री लगायत सबै फ्ल्यागसिप फिचर्स जडान गरिएको छ।
साथै फोनमा आधुनिक प्रविधि जडान गरिनुका साथै क्यामेराको गुणस्तर राम्रो छ। मोबाइलमा प्रयोग गरिएको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव दिन्छ।
फोनको भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्नेछन्। यसमा भएको एडभान्स इमेजिङ्गप्रविधि र सफ्टवेरहरुले भिडियाग्राफी र फोटोग्राफीलाई नयाँ तहमा पुर्याउन मद्दत गर्छ।
नोट१० को डिस्प्ले ६३ इञ्चको छ भने नोट१० प्लस ६८ इञ्चको छ। फोनलाई पेनको सहायताले कन्ट्रोल गर्न सकिन्छ। यी फोनमा ३ वटा क्यामरा जडान गरिएको छ। नोट १० प्लसमा डेप्थ क्यामरासमेत जडान गरिएको छ। सेभेन न्यानो मिटरको चिपसेट प्रयोग गरिएको छ।
मुख्य विशेषता
डिस्प्लेः ६.३ र ६.८ इञ्च डिस्प्ले (कर्निङ गोरिल्ला ग्लास)
ब्याक क्यामेराः १६/१२/१२ एमपी र १६/१२/१२/३
फ्रन्ट क्यामेराः १० एमपी
स्टोरेजः २५६ जिबी/८ जिबी र २५६ जिबी/१२ जिबी
ब्याट्रीः ३५ सय एमएएच र ४३ सय एमएएच
अनलकः फिङ्गर प्रिन्ट
कलरः अरूवा ग्लो, ह्वाइट, ब्याक र ब्लु
मूल्यः नोट१० को मूल्य रु १ लाख ११ हजार ३ सय ९९ रूपयाँ रहेको छ। त्यस्तै, नोट१० प्लसको मूल्य १ लाख २९ हजार ५ सय ९९ रूपैयाँ रहेको छ।
एस२०/एस२० प्लस
यी फोनमा विश्वमा पहिलो पटक आविष्कार गरिएको क्यामेरा जडान गरिएको छ। जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सहयोग पुर्याउने छ।
यसको फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ। जसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ।
उच्चस्तरीय फोटो खिच्नको लागि यसमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ।
त्यस्तै दुबै फोनमा ३०एक्स सम्मको जुम रहेको छ।
यसमा प्रयोगकर्ताले विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नेछन्। जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन। साथै यो स्मार्टफोनबाट ८के भिडियो रेकडिङ्ग सकिन्छ।
ग्यालेक्सी एस२० को मूल्य १ लाख ०७ हजार ४ सय ९९ रहेको छ। यो दुईवटा रंग कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध हुनेछ।
एस२० प्लस १ लाख १९ हजार ४ सय ९९ तोकिएको छ। यो तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध हुनेछ।
मुख्य विशेषताः
डिस्प्लेः ६.२ र ६.७ इन्च (कर्निङ गोरिल्ला ग्लास)
ब्याक क्यामेराः ६४/१२/१२ एममी र ६४/१२/१२/०.३
फ्रन्ट क्यामेराः १० एमपी र १०/२.२ एमपी
स्टोरेजः १२८/ ८ जिबी
ब्याट्रीः ४ हजार एमएएच र ४५ सय एमएएच
कलरः कस्मिक ग्रे, क्लाउड ब्लु, पिङ्क, ह्वाइट र औरा रेड।
मूल्यः ग्यालेक्सी एस२० को मूल्य १ लाख ०७ हजार ४ सय ९९ रहेको छ।
र एस२० प्लस १ लाख १९ हजार ४ सय ९९ तोकिएको छ।