शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको सुरु गरेको छ।
पोखराको महेन्द्रपुलमा अवस्थीत कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौ सर्भिस सेन्टर हो।
जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ। अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा छन्।
यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको शाओमीको भनाइ छ।