ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ। कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्टमार्फत फोन सार्वजनिक गरेको छ।
४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो मंगलबार सार्वजनिक गरिएको हो। यसमा ४८एमपी रियर क्यामेरा जडान गरिएको छ।
७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको उक्त फोनमा स्क्रिन रेसियो २०ः९ रहेको छ। यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का रहेको कम्पनीले बताएको छ।
यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन गरिएको छ।
यो फोनको फिंगरप्रिन्ट अनलक ३.० उपकरण जडित छ। साथै ८ जीबी र्याम र १२८ जिबी रोम स्टोरेज छ।
एफ१५ले ५ मिनेटको समयमा १० प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज दिन्छ।
फ्रेम बुस्ट र टच बुस्ट सहितको यो फोनले स्मूथ गेमिङ अनुभव गराउँछ।
३९ हजार ९ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको ओपो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ।याे फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरी दूई रङमा पाइनेछ।
एफ सिरिज अन्तर्गतको उक्त नयाँ उत्पादनले थप नयाँ अनुभव गराउने कम्पनीको भनाइ छ।
रेनोथ्री र एन्को फ्रि पनि सार्वजनिक
ओपो रेनो सिरिजअन्तर्गत नयाँ स्मार्टफोन, ओपो रेनोथ्री र ओपो एन्को फ्रि पनि सार्वजनिक गरिएको छ।
ओपो रेनोथ्रीको मूल्य ४६ हजार ९९० र ओपो एन्को फ्रिको मूल्य ९ हजार ९ सय ९० निर्धारण गरिएको छ। दूबै उत्पादन मंगलबारदेखि बजारमा आइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।