एनसेल प्राईभेट लिमिटेडले नयाँ स्टार्टर प्याक ‘सही यो पावर सिम’ ल्याएको छ।
यो सिममार्फत ग्राहकले सुलभ दरमा सेवाहरू लिनसक्ने बताइएको छ।
पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, म्युजिक र हङ्गामा म्युजिक प्रो निःशूल्क सुचारु गर्न सकिने भएको छ। साथै प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन्।
यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकमा आकर्षक डेटा प्याकहरुबाट फाइदा लिनसक्ने भएका छन्।
ग्राहकहरूले करसहित ९९ रुपैयाँमा बिहीबारबाट यो सिम लिन पाउँनेछन्।
यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्छ।
यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउँनेछन्।
सिमसँगै बन्डल भई आउने पीआरबीटी स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुने बताइएको छ।
यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै रु. १०० वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् ।
प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ।
माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा बिना कुनै शूल्क कुरा गर्न सकिन्छ। बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लिन सक्न्छि।
यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक १०० को खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिनासम्म प्राप्त गर्नेछन्।
ग्राहकले सात दिन समयावधिको २ जिबी डेटा प्राप्त गर्नेछन्। यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशूल्क सुचारु गर्न सक्छन्।