तपाईले नेपाल टेलिकमको नम्वरमा फोन गर्दा पहिले कहिलेकाही धुनको ठाउँमा गीत सुन्ने गर्नुभएको थियो?
कलर रिङ ब्याकटोन(सिआरबिटी) भनिने यसैगरी गीत सुनिने सेवा नेपाल टेलिकमले निश्चित शुल्क लिएर दिने गरेको थियो।
आजदेखि तपाईले कुनै पनि नेपाल टेलिकमको नम्बरमा फोन गर्नुभयो भने यस्तै सिआरबिटी सुन्नुहुने छ। यसमा उपभोक्ताले छुट्टै सेवा लिएको हुनुपर्दैन। नेपाल टेलिकम आफैले राखिदिएको हो।
तर यो सिआरबिटी कुनै मनाेरञ्जनकाे गीत भने होइन।
माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) रोकथामका लागि सचेतनामुलक सन्देश रहेको छ।
फोन जाने वित्तिकै नेपाल टेलिकमको धुन बज्छ त्यसपछि सुरु हुन्छ सन्देश: कोभिड १९ मुख्य लक्षणहरुका बारेमा जानकारी दिइन्छ।
त्यसपछि सुरक्षित राख्नका लागि स्यानिटाइजर वा नियमित साबुन पानीले हात धुनुहोस। भीडभाडमा नजान तथा गएपनि मास्क प्रयोग गर्न, सम्भावित लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव दिइएको छ।
नेपाल टेलिकमका सबै जिएसएमए नम्बरहरुमा यो निशुल्क सन्देशमुलक जानकारी उपलब्ध हुने कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए।