एनसेलले नाइट कल र एसएमएस प्याक योजना ल्याएको छ। सबै प्रिपेड ग्राहकहरुका लागि एनसेलले ल्याएको यस योजनाबाट अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्ने कम्पनीको दाबी छ।
एनसेलले १० रुपैयाँ (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको हो ।
यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनकालागि संचालनमा आएको यो प्याकअन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायलगरी वा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याकलिन सकिन्छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याकजति पटक पनिखरिद गर्न सक्नेछन् ।
यस प्याकअन्तर्गत उपलब्धहुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घताअनुरुपभ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याकल्याउनपाएकोमा कम्पनीहर्षित रहेको एनसेलले जनाएको छ ।
एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमानिःशुल्क नाइट एसएमएस पनिदिदै आएको छ । यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।
यो योजनाअन्तर्गत यदिग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् ।
त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिकभ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् ।
यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकताअनुसारको सेवाप्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ ।