सामाजिक सञ्जाल फेसबुकले डेस्कटप भर्सनमा नयाँ डिजाइन सार्वजनिक गरेको छ।
सुरूमा स्मार्टफोनहरूमा मात्र उपलब्ध रहेको यो सुविधा अब डेस्कटपमा पनि फेसबुकले सुरू गरेको छ।
फेसबुकले एफ अइट डेभ्लोपर भेलामा नयाँ डिजाइन गर्ने घोषणा गरेको थियो।
नयाँ डिजाइनमा पुरानो डिजाइनको तुलनामा फन्टहरू ठूला देखिन्छन्।
डार्क मुड पनि नयाँ डिजाइनमा देख्न सकिन्छ। फेसबुकको स्टोरिज स्टाटस बक्सभन्दा माथि राखिएको छ।
माथिल्लो भागमा मोबाइल लेआउटजस्तै होम, भिडिओ, फ्रेन्ड्सको आइकन थप गरिएको छ।
फेसबुकले नयाँ डिजाइन मन नपरे पुरानो डिजाइनमा फर्कन सक्ने सुविधा पनि दिएको छ।
नयाँ डिजाइन अपडेटका लागि सेटिङमा सि न्यु फेसबुकको अप्सनमा क्लिक गर्न सकिन्छ। मन नपरेको खण्डमा स्वीच टु क्लासिक फेसबुकमा गइ पुरानो डिजाइन यथावत राख्न सकिन्छ।