अहिले विशेषगरी राति ८ देखि १० बजेसम्म इन्टरनेट छिटो हुन नसक्ने वर्लड लिंकले बताएको छ।
यसकारण उक्त समयमा अनावश्यक इन्टरनेट नचलाउन वल्र्ड लिंकले आग्रह गरेकाे छ।
मनोरन्जनात्मक सामाग्री अनलाइन गेम र भिडियोलगायतलाई प्राथमिकतामा नराख्न उक्त कम्पनीले अनुरोध गरेको हाे।
वलर्ड लिंकले कोरोनाका कारण आफ्नो अवस्था सुधार नभएसम्म अप्रत्याशित मागअनुसार बढी क्षमता थप्न नसक्ने समेत बताएकाे छ।
‘विश्वव्यापी नेटवर्कमा र नेपालमा पनि यसको ठूलो माग बढ्नेसक्ने हुँदा नेटवर्कको क्षमता थप वृद्धि गर्न आवश्यक छ। तर, अहिले नै थप गर्न असक्षम छौं’, वल्र्ड लिंकले भनेको छ।
यससँगै राउटर एक ठाउँबाट अर्को ठाउँ नसार्न र सर्तक रहेर इन्टरनेट चलाउन सुझाइएको छ। यदि इन्टरनेट समस्या भएमा कर्मचारीलाई घरमै पठाउन हालको अवस्थाले सम्भावना नरहेको कम्पनीले बताएको छ।
आफ्नो ग्राहकहरुलाई गुणस्तरिय सेवा दिन सकेको कोसिस गर्ने कम्पनीको प्रतिवद्धता छ।