लकडाउन अवस्थालाई मध्यनजर गरी नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था गरेको छ। सो व्यवस्था चैत्र १३ गतेदेखि ७ दिन लागू हुनेछ।
एनिटसीको बोनसको व्यवस्थाअनुसार ब्यालेन्स बराबारको बोनस दुई दिनभित्र प्रयोग गरिसक्नु पर्ने पर्नेछ। रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम दुई दिनभित्र खपत गरिसक्नु पदर्छ।
२०० र ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम चार दिनभित्र खपत गरिसक्नु पर्नेछ। त्यसैगरी १००० रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नु बताइएको छ।
विद्युतीय रिचार्जअन्तर्गत १० देखि ९९ सम्मको रिचार्जमा प्राप्त हुने बोनस दुई दिनभित्र खपत गरिसक्नु पर्नेछ भने १०० देखि ४९९ सम्मको रिचार्जमा प्राप्त हुने बोनस चार दिनभित्र खपत गरिसक्नु पर्नेछ।
यसैगरी ५०० देखि ९९९ सम्मको रिचार्जमा प्राप्त हुने बोनस आठ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ।
प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ। यसरी प्राप्त गरेको बोनस रकमबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ।
तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन नसकिने कम्पनीले बताएको छ।