एनसेलका सबै ग्राहकले बिहीबार (चैत्र १३)बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्नसक्ने भएका छन्।
एनसेलले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थालाई मध्यनजर गरेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो।
ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्।
रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने बताइएको छ।
यो योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन्।
जस्तैः यो योजनाअन्तर्गत ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० प्रप्त गर्दछन्। त्यस्तै ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६०० प्राप्त गर्दछन्।
बोनस रकम तीन दिनसम्मका लागि मान्य हुने बताइएको छ।
गत बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक २०० रुपैयाँसम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो।