लकडाउनका कारण घरमै बसेका बालबालिका लागि उपयोग हुने भन्दै कारखानाले अनलाई शैक्षिक सिकाई कार्यक्रम ल्याएको छ।
विद्यालय बन्द भएको समयमा कुनै पनि बालबालिका सिकाइकोव अवसरबाट बञ्चित नहोउन् भन्दै कारखानाले निशुल्क अनलाईन कक्षा सुरु गरेको जानकारी दिएको छ।
'हामीलाई हाम्रा विद्यार्थीको , हाम्रा अभिभावकको , हाम्रा सहकर्मी शिक्षकहरुको , विद्यालय व्यवस्थापकहरुको चिन्ता छ त्यसैले यो अप्ठेरो घडीमा पनि हामी हाम्रो तर्फबाट हर सम्भव उपयोगी हुन चाहन्छौ अनि सहयोग गर्न चाहन्छौं' कारखानाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
विद्यालय व्यवस्थापक र अभिभावकहरुको सुझावलाई लिएर घर मै बसेर अनलाइन मार्फत् उपयोग गर्न मिल्ने सिकाइका स्रोत बनाएको कारखानाले जानकारी दिएको छ।
यी अनलाइन र डिजिटल समग्री www.karkhana.asia बाट नि:शुल्क पाइने छ।