अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ टेलिकम्युनिकेशन जायन्ट हुवावेको आम्दानी १९ प्रतिशतले बढेको छ।
सन् २०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हुवावेले २०१८ को तुलनामा आम्दानी १९ प्रतिशतले बढेको जानकारी दिएको छ।
कम्पनीले सन् २०१९ मा ६२.७ अर्ब चिनियाँ युआन नाफा आर्जन गर्न सफल भएको छ।
हुवावेका चेयरमेन एरिक छुले तमाम् चुनौतिका बाबजुद गएको वर्ष कम्पनीका लागि ऐतिहासिक वर्ष साबित भएको बताएका छन्।
‘सन् २०१९ हाम्रा लागि अभुतपूर्व रह्यो’ उनले भनेका छन्’तमाम् बाह्य चुनौतिका बाबजुद हाम्रो टिम केबल ग्राहकको सन्तुष्टिमा मात्र केन्द्रित रह्यो।‘
सन् २०१९ मै हुवावेले फाइभजी नेटवर्क रोलआउट गरेको छ। त्यस्तै फाइभजी एप्लिकेशन निर्माण तथा अन्य अनुसन्धाका प्रोजेक्टमा पनि सहभागी भइरहेको छ।
हुवावेको इन्टरप्राइज र कन्जुमर दुबै भेरियन्टमा उल्लेख्य प्रगति गरेको छ। उसको दुवैतर्फ बिक्री आम्दानी बढेको हो।