सूचना प्रविधि कम्पनी टिडिओ नेपालले टेलिमेडिसिन सेवा सुरु गरेको छ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेसँगै सरकारले लकडाउन घोषणा गरेको छ। यस्तोमा सर्वसाधारणहरुले सामन्य स्वास्थ्य जाँच इन्टरनेटको माध्यमबाट गर्नसक्नेगरी उक्त सेवा सुरु भएको हो।
नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध गराउनका लागि सेवा सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।
www.NepalFightsCorona.com वेबसाइट यो सेवा पाइने कम्पनीले जानकारी दिएको छ।
ज्वरो, रुघा, खोकी र कोभिड-१९ सम्बन्धी कुनै भाइरल लक्षणहरु सम्बन्धी प्रश्न/जिज्ञासाको नि:शुल्क परामर्श सेवा पाइने छ।