म्यासेन्जिङ साइट ह्वाट्सएपले म्यासेज फरवार्डको सीमा कटौति गरेको छ।
यसअघि कुनै पनि प्रयोगकर्ताले एउटा म्यासेज एकैपटक पाँचजनासम्मलाई फर्वार्ड गर्नमिल्ने सुविधा कटौति गरेको छ।
कोरोना भाइरस(कोभिड१९)का सन्दर्भमा गलत सूचना प्रवाह भएर भाइरल भइरहेको भन्दै ह्वाट्सएपले कटौति गरेको जानकारी दिएको छ।
कोभिड १९ सम्बन्धिका गलत जानकारी एकैपटक मासमा फैलिएको र यो व्यवस्थाबाट केही नियन्त्रण हुने भन्दै कम्पनीले उक्त निर्णय लिएको जानकारी दिएको छ।
आज एक विज्ञप्ति जारी गर्दै ह्वाट्सएपले यो व्यवस्था आज रातिदेखि संसारभर लागू हुने जानकारी दिएको छ।