विश्वव्यापी रुपमा महामारीका रुपमा कोरोनाभाइरसको विरुद्ध लकडाउनमा बस्दै हामी सबै जुधिरहेका छौं।
यस्तो विपद्को अवस्थामा बजारमा सजिलै रिचार्ज कार्डहरु नपाइन सक्छन्। कहाँ के भईरहेको छ भनेर जान्न तथा बुझ्न हामीलाई दूरसञ्चार सेवा नभई हुँदैन।
एनसेलले ग्राहकलाई सजिलै आफ्नो वेबसाइट मार्फत ब्यालेन्स रिचार्ज गर्न सकिने सुविधा दिदैं आएको छ। अहिलेको अवस्थामा यो प्रक्रिया मार्फत रिचार्ज गरी आफ्नो सेवाहरु सुचारु राख्न सकिने कम्पनीले बताएको छ।
यसमा घर बाहिर गएर रिचार्ज कार्ड किन्न पर्ने झन्झट छैंन र एनसेलले हाल दिदै आएको बोनस ब्यालेन्सको पनि फाइदा पाइन्छ।
हिजाेआज प्रायसँग बैंकको डेबिट कार्ड हुन्छ। सोही कार्डको प्रयोग गरी आफ्नो आवश्यकताअनुसार रिचार्ज गर्न वा आफुले चाहेको अन्य कुनै एनसेल नम्बरमा रिचार्ज गर्न सकिन्छ। यसरी रिचार्ज गर्नका केही प्रक्रया पूरा गर्नुपर्छ। जुन यहाँ दिइएको छ।
१. सबैभन्दा पहिला एनसेलको वेबसाइटमा जाने। त्यहाँ अनलाइन रिचार्ज गर्नका लागि तल रिचार्ज अनलाइन भन्ने अप्सन देखिन्छ। त्यसमा ट्यापर क्लिक गर्ने।
२. ट्याप गरिसकेपछि नयाँ पेज खुल्छ। यो पेजमा डेबिट/क्रेडिट कार्ड रिचार्जको अप्सन पाइनेछ। अब आफ्नो मोबाइल नम्बर राखेर रिचार्ज गर्न चाहेको रकम ट्याप गर्न सकिन्छ। त्यसपछि ‘आइ एम नट अ रोबट’ भन्नेमा टिक गरी कन्टिन्यू पेमेन्टमा ट्याप गर्नुपर्छ।
३. अब रिचार्ज गर्न लागिएको मोबाइल नम्बर र रकम देखाउँछ। यसमा कुनै फेरबदल गर्नु आवश्यक नभए प्रोसिड टु पे मा ट्याप गर्नुपर्छ।
४. यसरी पेमेन्ट प्रोसेस गरेपछि अब एउटा नयाँ पेज खुल्छ र यसमा आफ्नो कार्ड नम्बर, कार्ड भ्यालिड रहने महिना र वर्ष, कार्डमा उल्लेख भएको आफ्नो पुरा नाम, कार्डको सीभीभी (कार्डको पछाडी भागमा हुने नम्बर) र आफुले चलाउँदै आएको इमेल ठेगाना भर्ने र ओकेमा ट्याप गर्नुपर्छ।
५. त्यसपछि वन टाइम पासवर्ड (ओटीपी) राख्नका लागि जानकारी दिदै नयाँ पेज खुल्छ। यहाँ अब माथि दिएको इमेलमा आएको ओटीपी नम्बर इन्टर ओटीपी हीयर भनेको स्थानमा भर्ने र सबमिटमा ट्याप गर्ने।
६. अन्त्यमा ओटीपी कोड राखेर सबमीट गरिसकेपछि सो प्रक्रिया समाप्त भएको जानकारी सहित ‘सक्सेस’ देखाउँछ र रिचार्ज गरिएको रकम, मोबाइल नम्बर र कारोबार आईडी समेत त्यसमा उल्लेख गरिएको हुन्छ ।
यति गरेपछि मोबाइलमा ब्यालेन्स रिचार्ज भएको जानकारी आउँछ।
एनसेल वेबसाइट बाहेक एनसेल एप र अन्य अनलाइन माध्यमहरु जस्तै इसेवा, खल्ती, आइएमइपे र प्रभुपेबाट पनि ब्यालेन्स रिचार्ज गर्न सकिने बताइएको छ।
अहिले लकडाउनको अवस्थामा एनसेलले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस पनि दिदै आएको छ।