वल्डलिंकले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको समयमा देशभरका प्रत्येक शाखा कार्यालयमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ।
यस्तो विषम परस्थितीमा सेवा प्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अति आवश्यक भएसँगै यस चुनौतीको सामना गर्नको लागि उक्त समूह स्थापना गरेको वल्डलिंकले बताएको छ।
महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरुका परिवार एवं आफन्तजनमा पर्नसक्ने प्रतिकूल प्रभावलाई समेत मध्यनजर गरिएको वल्डलिंकको भनाइ छ।
वल्डलिंकले शाखा कार्यालयहरुमा नै सपोर्ट टीमको लागि खान बस्नको राम्रो व्यवस्था मिलाएर सेवा प्रवाह गराउदैं आएको छ।
यस कार्यमा खटिने फिल्ड सपोर्टका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय समयमा स्वास्थ्य चेकजाँच गरिएको छ।
उनीहरुका लागि पिपिई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रवन्ध मिलाएको वल्डलिंकले जानकारी गराएको छ।
यस टीमको महत्वपूर्ण सहयोगबाट प्रमुख प्राथमिकतामा रहेका आउटेजहरु ह्याण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्न सफल भएको छ।
आइसोलेटेड टिमको यस्तो किसिमको कार्यप्रति ग्राहकवर्गबाट कम्पनीलाई धन्यवाद प्रदान भईरहेको वल्डलिंकले बताएको छ।
यससँगै वल्डलिंकले मानिसहरु राख्दै आएको केही क्वारेन्टाइन स्थलहरुमा समेत इन्टरनेट सेवा प्रदान गर्न सफल भएको दाबी गरेको छ।
जसबाट क्वारेन्टाइनमा समय बेतित गर्न र खबरहरुसँग अपडेटमा रहन सहजीकरण भईरहेको क्वारेन्टाइनमा रहेका मानिसहरुले बताएका छन्।
साथै, यस चुनैतिपुर्ण समयमा राष्ट्रलाई आवश्यक परेको खण्डमा अन्य स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न तयार रहेको वल्डलिंकको प्रतिवद्धता छ।