इन्टरनेट सेवाप्रदायक भायानेटको सिस्टम ह्याक भएको छ। ह्याकरको समूहले भायानेटको साइट ह्याक गरी त्यहाँ भएका डेटा सार्वजनिक डोमेनमा लिएर राख्न खोजेको बताइएको छ।
भायानेटका सञ्चालक बिनय बोहोराले डेटा लिएर पब्लिक डोमेनमा राख्न प्रयास गरेको बताए।
भायानेटका प्रयोगकर्ताहरु साढे १ लाख बढी रहेका छन्। भायानेटले ग्राहकका जति पनि डेटा लिएर आफ्नो सिस्टममा राखेको थियो ती सबै ह्याकर तानेर लिक गरिदिएको थियो।
यसबाट उपभोक्ताको इन्टरनेट सेवामा कुनै प्रभाव नपर्ने बोहोराले बताए। यद्यपी उपभोक्ताका डेटा लिक भएर त्यसको दुरुपयोग हुनसक्ने बताइएको छ।
'यो साइबर हमलाका विषयमा हामीले अनुसन्धान गर्दै छौ। यसका अन्य कानूनी उपचारका बाटोहर के हुन्छन् त्यो पनि हामिले हेरिहरेका छौ' बोहराले सेतोपाटीसँग भने।
पछिल्लो समय नेपालमा सार्वजनिक सेवा दिने संस्थाहरुका वेबसाइट ह्याक हुने क्रम बढेको छ। यसअघि फुडमान्डुको साइट ह्याक भएको थियो। त्यसअघि कतिपय बैंकको साइट तथा सिस्टम ह्याक भएको थियो।