इन्टरनेट सेवाप्रदायक भायानेटको सिस्टम ह्याक गरी डेटा लिक भएपछि कम्पनीले ग्राहकलाई सचेत हुन आग्रह गरेको छ।
प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले ग्राहकका इमेल, फोन नम्बर तथा ठेगाना चोरी भएको भन्दै फोन तथा इमेलमा सचेत हुन आफ्ना ग्राहकलाई आग्रह गरेको हो।
कम्पनीले नचिनेका नम्बरबाट आएको फोन नउठाउन र पहिचान नभएको इमेलको जवाफ नदिन आग्रह गरेको हो।
त्यस्तै भायानेटबाट भनेर कसैले फोन गर्नसक्ने भन्दै कम्पनीले आफ्नो आधिकारिक फोन नम्बर सेभ गर्न पनि आग्रह गरेको छ।