एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिनसक्ने भएका छन्।
शनिबारबाट ल्याएको नयाँ योजनअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शूल्क तिर्ने गरी खरिद गर्नसक्ने कम्पनीले बताएको छ।
लकडाउनको समयमा एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो।
डेटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर रहेको कम्पनीको भनाइ छ।
यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहित मात्र २० रुपैयाँमा सुचारु गर्न सक्छन्।
ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन्।
यो प्याक अन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहने बताइएको छ।
आफ्नो आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन्।
ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित १० रुपैयाँमा सुचारु गर्न सक्छन्। सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ।
विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ सय भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन्।
ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क श्वत काटिनेछ भने यस बाहेक अन्य शुल्क नलाग्ने कम्पनीले बताएको छ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन्। तर, सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनुपर्नेछ।
यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।