प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तर्गत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ ।
यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
एनसेलसँगको सहकार्यमा यो सुविधा ल्याइएको कम्पनीले जानकारी दिएको छ। यसबाट भुक्तानी गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले प्रष्ट पारेको छ।
प्रयोग गर्ने तरीका
एनसेलको सिम भएका साधारण फोन प्रयोगकर्ताले अंग्रेजी अक्षर आर र जी सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर (एमपिन) लेखी ३१०४१ मा म्यासेज पठाउनुपर्छ। यसपछि उक्त फोन नम्बर प्रभु पेमा दर्ता हुन्छ।
*31041*mpin# थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ त्यसबाट आफूलाई आवश्यक सेवा लिनसकिने कम्पनीले जानकारी दिएको छ।