भाईबर प्रयोगकर्ताले आफ्नो नम्बरमा अनावश्यक भाईबर एक्टीभेशन एसएमएस तथा कल आएको गुनासो आएपछि भायनेटले विभिन्न सुझावहरु दिएको छ।
यस्ता एसएमएस र कलहरुको जवाफ नदिन र आफैले अनुरोध नगरी आएका लिंकमा क्लिक नगर्न भायनेटले अनुरोध गरेको छ।
यस्ता छन् भाईबरका सुझावहरुः
भाइबर प्रयोगकर्ताहरुले भाइबर सेटिङ्गमा गई एकाउन्ट भित्र डेस्कटप र ट्वाब्लेटमा आवद्ध रहेको भाइबर एकाउन्ट चेक गर्न सकिन्छ। त्यहाँबाट प्रयोगकर्ताहरुले अनधिकृत उपकरणहरुलाई डिएक्टीभेट गर्न सकिन्छ।
प्रयोगकर्ताले सेटिङ्गमा गई एकाउन्टभित्र चेन्ज नम्बरमा गई कुनै डाटाहरु नगुमाई आफ्नो भाइबर नम्बर परिवर्तन गर्न सकिन्छ।
थप सुरक्षाको लागि, प्रयोगकर्ताले सेटिङ्गमा गई प्राइभेसी भित्र पर्सनल डाटामा रहेको डिलिट योर डाटाबाट व्यक्तिगत डाटा भाइबरको सर्भरबाट हटाउन सकिन्छ। यसरी हटाइएको डाटा पुनःस्थापना गर्न सकिदैंन।
यस सम्बन्धमा भाइबर र सम्बन्धित स्थानीय अधिकारीहरु समक्ष पुगिसकेको भायानेटले बताएको छ।