चिनियाँ टेक जायन्ट अलिबाबाले क्लाउड बिजनेसमा लगानी थप गर्ने घोषणा गरेको छ। अलिबाबा क्लाउडले आगामी तीन वर्षमा २८ अर्ब अमेरिकी डलर पूर्वाधारमा लगानी गर्ने घोषणा गरेको हो।
कोरोना महामारीका कारण क्लाउडबेस सेवाको माग बढेपछि कम्पनीले पूर्वाधारमा लगानी थप गर्ने घोषणा गरेको हो। महाहमारीपछि विशेषगरी भिडियो कन्फ्रेन्स जस्ता गतिविध व्यापाक विस्तार भएको छ।
कम्पनीले थप लगानी क्लाउड प्रविधिसँगै अपरेटिङ सिस्टम,सेवा र चिप्स डेटा सेन्टरमा हुने जानकारी गराएको छ।
'हाम्रो थप लगानी आधारभुत प्रविधि तथा क्लाउड पूर्वाधारमा हुने छ। हामीलई विश्वास छ कि यसबाट विश्वासनीय कम्प्युटिङ श्रोत उपलब्ध हुहने छ। हाहमी यसबाट विश्वस्तरीय सेवालाइ निरन्तरता दिने छौ' अलिबाबा ग्रुपका प्रमुख प्रविधि अधिकृत जेफ झ्याङले आफ्नो स्टेटमेन्टमा भनेका छन्।