चिनियाँ टेलिकम जायन्ट हुवावेले कोभिड १९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ्ग, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरु एशिया प्याशिफिक क्षेत्रका देशहरुलाई उपलब्ध गराउने भएको छ ।
हुवावेले यसको लागि इण्डोनेशिया, मलेशिया, थाईल्याण्ड र बंगलादेश तथा अन्य देशहरुसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत हुवावेले कनेक्टिभिटीको सुनिश्चितता गर्न सघाएने जनाएको छ।
कम्पनीकाअनुसार हुवावे टेलिमेडिसिन प्राक्टिस कोरोनाभाइरसको विरुद्धमा लड्नका लागि चार महत्वपूर्ण विषयहरुमा आधारीत रहेको प्रयोग गर्न सकिनेछ। यसमा लाइभ भिडियो स्ट्रिमिङ्ग, रिमोट कोल्याबरेसन, रिमोट डाईग्नोसिस, र रिमोट प्रोटेक्सन छन्।
हुवावेका यी प्रविधि थाईल्याण्ड, फिलिपिन्स,बंगलादेश र सिंगापुरमा जडान भइसकेका छन्।
हुवावेले यसका लागि हुवावे क्लाउडको एन्टि कोभिड १९ पार्टनर प्रोग्राममा सहभागी हुनेहरुलाई ३० हजार अमेरिकी डलर बराबरको निशुल्क क्लाउड स्रोत उपलब्ध गराउने छ।