कोरोना महामारीका कारण संसारका धेरै मानिस लकडाउनमा छन्। हिडडुल ठप्प छ भने अन्य गतिविधि पनि रोकिएका छन्। यस्तोमा आर्थिक गतिविध पनि स्वभाविक रुपमा रोकिएका छन्। केही अत्यावश्यकीय उपभोग्य वस्तुको उत्पादन तथा वितरण बाहेक रोकिएका छन्। चलेपनि गति धिमा भएको छ।
यो महामारीको समयमा संसारका धेरै ठूला कम्पनको नाफाको प्रक्षेपन घटाएका छन्। पहिलो त्राइमासको ब्यालेन्ससिट खुम्चिएर आएको छ। तर यही महामारीमा पनि फाइदा गर्ने केही सिमित कम्पनी छन्। त्यसमैमध्येको एक हो नेटफ्लिक्स।
मिडिया(भिडिओ) सेवा प्रदायक तथा निर्माता नेटफ्लिक्सले सन् २०२० को पहिलो त्राइमासमा प्रक्षेपन गरेभन्दा धेरै प्रयोगकर्ता पाएको छ भने आम्दानी पनि अनुमान भन्दा बढी नै गरेको छ।
मिडिया रिपोर्टहरुका अनसार नेटफ्लिक्सले यो अवधिमा १ करोड ५८ लाख ग्राहक थपिएकाक छन्। कम्पनीले अनुमान गरेभन्दा यो दोब्बर हो। उसले पहिले ७२ लाख ग्राहक थपिने अनुमान गरेको थियो। हालसम्म नेटफ्लिक्सका संसारभर १८ करोड ग्राहक पुगेका छन्।
प्रयोगकर्तामात्र होइन आम्दानी पनि उसले प्रक्षेपन गरेभन्दा बढी गरेको छ। उसले यो अवधिमा ५ अर्ब ७७ करोड डलर आम्दानी गरेको छ। यो उसले अनुमान गरेभन्दा केहीमात्र धेरै हो।