ओपोले गत सोमबार ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिङका अध्यक्ष पदमा नियुक्त गरिएको घोषणा गरेको छ।
उनले चीनका सीएमओका रुपमा रहेर ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिर्पोटिङ गर्ने भएका छन्।
ब्रायम शेनले भने उनको ब्यक्तिगत स्वास्थ्यका कारण पदभारबाट डाउन स्टेप गर्ने जानकारी दिइएको छ।
आईडीसीका अनुसार सन् २०१९मा ओपोको शिपमेन्ट वैश्विक रुपमा ११४.३ मिलियन पुगेको छ। यससँगै ८.३ प्रतिशत बजार हिस्साका साथ ओपो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौ स्थानमा रहन सफल रहेको ओपोले बताएको छ।