चिनियाँ सूचना प्रविधिक कम्पनी हुवावेले फाइभजीमा आधारित वाइफाई डिभाइस सार्वजनिक गरेको छ। कम्पनीले एसिया प्रशान्त क्षेत्रमा आफ्नो फाइभजीमा आधारित एयरइन्जिन वाइफाइ-६ सिरिज सार्वजनिक गरेको हो।
इन्टरप्राइज सेक्टकार लागि भनेर ल्याइएको यो सिरिजका डिभाइसबाट गुणस्तरीय सेवाको ग्यारेन्टी हुने कम्पनीले जानकारी गराएकोछ।
'एयरइन्जिन वाइफाइन ६ सेरिजका उत्पादनहरु सबै प्रविधिको आविष्कारका उपज हुन्। युनिक डबल ब्यान्ड स्मार्ट एन्टेनाको साहयताले गुणस्तरीय सेवा दिनेछन्' हुवावेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
फाइभजी नेटवर्क मैत्री यी वाइफाइन डिभाइसबाट वर्तमान समयको डिजिटल सेवालाई अघि बढाउन मद्दत पुग्ने कम्पनीको दाबी छ।