नेपाल टेलिकमले कलर ट्युन परिवर्तन गरेको छ।
'एनटी सूचनाको संसार सेवा' मार्फत् टेलिकमले कलर ट्युन परिवर्तन गरेको हो।
मन्त्रिपरिषदको बैठकले बिहीबार साँझ सात बजे देशभर बुद्ध जयन्तीको अवसर, कोरोनाभाइरसविरूद्ध लडिरहेका चिकित्सक नर्स स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वयमसेवकको सम्मान स्वारूप दीप प्रज्वलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम टेलिकमले कलर ट्युनमार्फत् सबैलाई दीप प्रज्वलन गर्न आह्वान गरेको हो।
साथै, विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको चीर शान्ति, संक्रमितको सिघ्रस्वास्थ्य लाभका लागि र अन्य सुरक्षित रहन प्रतिबद्धता जनाउन समेत आह्वान गरिएको छ।
यसअघि कलर ट्युनमा कोरोनाभाइरसबारे जानकारी दिइएको थियो।
यसमा कोरोना भाइरस के हो, यसका लक्षण, कसरी फैलिन्छ, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचककाबारे जानकारी दिइएको थियो।