ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न अनुमति दिएका छन्।
कोरोना महामारिका कारण भएको लकडाउनले अहिले घरबाटै काम गरिरहेका कर्मचारीहरुलाई उनले इमेल पठाउँदै लकडाउनपछि पनि घरबाटै काम गर्नसकिने जानकारी गराएका छन्।
तर ट्विटरले केही निश्चित कर्मचारीहरुलाई भने अफिस आउनैपर्ने बताएको छ। सर्भर व्यवस्थापन तथा मर्मतसम्भारजस्ता काममा भएका कर्मचारीले घरबाटै काम गर्ने सुविधा पाउने छैनन्।