विभिन्न मोबाइल निर्माताहरुले फाइभजी फोन सेवालाई ध्यानमा राखेर फोनका मोडलहरु बनाउन थालिसकेका छन्।
ती मोडलमा तीन प्रकारका रेडियो सिग्नलको प्रयोग गरिएको हुन्छ। फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्स लो, मिड र हाई गरी तीन प्रकारका हुन्छन्। तीनका आ–आफ्नै विशेषताहरु हुन्छन्।
तीनै प्रकारका ब्याण्डको सम्मिश्रण मार्फत विस्तृत सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल क्यारियर्सले उक्त ब्याण्ड्स उपलब्ध गराएको हो।
कसरी काम गर्छ फाइभजी सञ्जालले
लो ब्याण्ड फाइभजीले कम गति क्षमतामा धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन्। एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गतिमा सेवा दिन्छ।
मिड ब्याण्ड फाइभजीको मध्यम कभरेजले लो ब्याण्ड फाइभजीका तुलनामा अझ तिब्र गति प्रदान गर्छ।
मिड ब्याण्ड टावर्सले केही माइल र्याडियस भित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्नसक्छ।
हाई ब्याण्ड फाइभजी १ देखि ३ जीबीपीएस सम्मको गति लिनसक्ने क्षमताका हुन्छन्। तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल र्याडियस सम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन्।
लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यले गरेको बताइएको छ। यसको सहायताले विकट स्थानमा समेत कम गतिमा भएपनि फाइभजी नेटवर्क गति प्रदान गर्न सकिन्छ। हाल विद्यमान औशत फोरजी नेटवर्कका तुलनमा यसको गति तिब्र नै हुने बताइन्छ।
मिड ब्याण्ड फाएभजी भने हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगकर्ताका लागि उपयुक्त हुन्छ। जनघनत्व धेरै रहेको स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी कमरेज उपलब्ध गराउने प्रयास गर्नसक्ने बताएका छन्। त्यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ।
हाई ब्याण्ड फाइभजीको प्रयोग भने विशेषगरी धेरै जनघनत्व भएका शहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशालाहरुमा गर्न उपयुक्त हुन्छ।
विभिन्न परीक्षणहरुमा उच्च ब्याण्ड गति ३ जीबीपीएस सम्म पुगेका उदाहरणहरु रहेका छन्। यो भनेको औसत फोरजी कनेक्सनका तुलनामा करिव ८० गुणा तिब्र हो। यसको गति भविष्यमा अझ बढ्ने कम्पनीको विश्वास छ।
फाइभजीको क्षमता र ओपो
ओपो फाइन्ड एक्स टु सिरिजको विकास अहिले तिब्र गतिमा विस्तारित फाइभजीलाई ध्यानमा राखी गरिएको कम्पनीको भनाइ छ।
फाइन्ड एक्सटू र फाइन्ड एक्सटू प्रो मा फाइभजी सेवा जडान गराइएसंगै फाइन्ड सिरिजले नयाँ सम्भावना सिर्जित गरेको छ।
कम्पनीले भर्खरै सार्वजनिक गरेको ओपो फाइभजी सीपीई ओम्निले फाइजी सिग्नललाई वाईफाई सिक्स सिग्नलमा परिणत गर्नका लागि फाइभजी सिमकार्डको प्रयोग गर्छ।
यसको माध्यमबाट हरेक किसिमका उपकरणमा स्थिर हाई स्पिड नेटवर्क प्रदान गर्न सकिने कम्पनीको भनाइ छ।
ओपो फाइभजी सीपीई ओम्नीमा फाइभजी सिग्नल पाउनका लागि ८ ओटा ब्यूल्टईन एन्टेनासँगै ओ मोसन ३६० डिग्री फाइभजी एन्टेनापनि उपलब्ध गरिएको छ। यो जुन स्थानमा प्रयोग गर्न पनि उपयुक्त हुने कम्पनीको दाबी छ।