सरकारले मालपोतका सबै काम अनलाइन प्रणालीबाट गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षदेखि मालपोत तथा नापी प्रशासनका सेवा अनलाइन प्रणालीबाट हुने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छन्।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सेवा प्रवाहमा सरलीकरण गर्न सरकारले अनलाइन प्रणाली लागू गर्ने बताएकी हुन्।