शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले शाओमी ब्राण्डको स्मार्टफोन नेपालमा नम्बर एक स्मार्टफोन भएको बताएको छ। विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको बताएको हो।
सन् २०२० मा ३०.९ प्रशितश बजार सेयरका साथ नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्ये ४ शाओमी डिभाइसहरुरहेका थिए। शाओमी सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसुङ्ग र भिभोले पछ्याइरहेका छन्।
शाओमीले सन् २०१८ मा आधिकारिक रुपमा संचालनमा आएदेखि पहिलो पटक सन् २०२० को प्रथम त्रैमासिकमा नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको छ।
‘हामी पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी भयौं र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण हो,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘सबैको लागि नवीनता उत्पादनहरु ल्याउन हाम्रो लक्ष्यका साथ हामी हाम्रो मी फ्यानहरुकोलागी कडा परिश्रम गर्न कोशिस गर्नेछौँ।’