सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ।
विगत लामो समयदेखि आफूलाई बिश्वकै अत्याधिक बिक्री हुने एन्ड्रोइड स्मार्टफोनकोरुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो बर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल भएको हो।
यस अवघिमा रेड्मी, शाओमी लगायतका अन्य प्रतिष्पर्धी मोवाइलहरु सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा निकैपछि देखिएका छन्।
सामसङ कम्पनिले यो अवधिमा विश्वभरमा ६० लाखभन्दा बढीको संख्यामा यो मोवाइल बिक्री भएको जनाएको छ। एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए५१ फोर जी स्मार्ट फोन बिश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ।
सो अध्ययनले रेड्मी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ। रेड्मीको बजारहिस्सा १ दशमलव ९ प्रतिशत छ। तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ। जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ। सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेड्म नोट ८ रहेको देखाएको छ।
यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।