चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो अपरेटिङ सिस्टम 'एमआइयुआइ १२' सार्वजनिक गरेको छ। कम्पनीले 'एमआइयुआइ १२'को ग्लोबल भर्सन मंगलबार सार्वजनिक गरेको हो।
'एमआइयुआइ १२' ग्लोबलको सार्वजनिक कार्यक्रममा दिइएको जानकारीअनुसार दुई चणरमा कम्पनीले अपडेट दिने छ।
एन्ड्रोइडमा आधारित अपरेटिङ सिस्टमको नयाँ ग्लोबल भर्सन एमआई र रेड्मी सिरिजका स्मार्टफोन प्रयोगकर्ताले जुन अन्तिम हप्तादेखि क्रमश: अपडेट पाउँने छन्।
पहिलो चरणमा एमआई ९ सिरिज र रेडमी के२० सिरिजले पाउँने छन्।
दोस्रो चरणमा रेड्मी ५, ६, ७, ८ र ९ सिरिजले अपडेट पाउँने छन्। यी बाहेकका अन्य मोडलका फोनले कहिलेदेखि अपडेट पाउँछन् भनेर कम्पनीले प्रष्ट पारेको छैन।
'एमआइयुआइ १२' ग्लोबलमा ११ को तुलनामा सरल इन्टरफेस हुने कम्पनीले जानकारी दिएको छ। यसमा ग्राफिक्स र भिज्युअलको प्रयोग बढी गरिएको कम्पनपीले जानकारी दिएको छ। एनिमेशन फ्रेन्डली रहेको बताइएको यसमा एन्ड्रोयड १० को जस्तै नेभिगेशन हुने छ।
कुन स्मार्टफोनले कहिले पाउँछन् अपडेट?