काठमाडौं,जेठ ८
सूचना प्रविधि कम्पनी हुवावेले आसियान क्षेत्रका लागि एकेडेमी स्थापना गरेको छ। आसियान क्षेत्रका डिजिटल प्रतिभालाई तालिम दिनका लागि मलेसियामा स्थापना गरिएको उक्त एकेडेमीबाट वार्षिक १० हजारलाई दक्ष बनाउने लक्ष्य कम्पनीको छ।
एकेडेमीमा ३ हजार भन्दा बढी सूचना प्रविधि कोर्षका लागि एकसय बढी प्रशिक्षकहरु रहेको हुवावेले जानकारी दिएको छ।
‘मलेशियामा भएको हुवावे आसियान एकेडेमी यस्तो प्रकारको एशिया प्याशिफिक क्षेत्रमा नै पहिलो हो जसले डिजिटल अर्थतन्त्रको वृद्धि गर्ने बाटोमा आईसिडी विकासमा महत्वपूर्ण भूमिका निभाउनेछ । यो अन्यबेलामा भन्दा धेरै हो, जसले स्थानिय प्रतिभाहरुलाई सहिरुपमा आईसिटीको ज्ञान पूर्णरुपमा उपलब्ध गराएर प्रस्फुटित र विकास गर्न सहयोग गर्ने सुनिश्चित गर्दछ,’ मलेशियाका कम्युनिकेशन्स एण्ड मल्टिमिडिया मन्त्री वाईबी दातो सैफुद्धिन अब्दुल्लाहले भनेका छन्।
आईसिटी तालिम कार्यक्रम र कोर्षहरु सरकारी निकाय, व्यवसायीक व्यक्तिहरु र विश्वविद्यालयका विद्यार्थीहरुका लागि लक्षित गरिएको छ ।
‘आसियान एकेडेमीद्धारा प्रदान गरिने तालिमहरु र कार्यक्रमहरुले स्थानीय प्रतिभाहरुलाई शसक्त बनाउँदै भविष्यका लागि तयार र सक्रिय बनउने छ जसले देशकै डिजिटल रुपान्तरणको यात्रालाई गति प्रदान गर्नेछ,’ हुवावे मलेशियाका सिईओ मिसेल युआनलाई उद्धृत गर्दै कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।