अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाललाई कानुनी सुरक्षा प्रदान गर्ने प्रावधानहरू हटाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
यसले नियमकहरुलाई फेसबुक र ट्विटरका प्लेटफर्मले दिने सेवा लगायत यस्ता कम्पनीहरु विरूद्ध कानुनी कारवाही गर्ने अनुमति दिनेछ।
सो आदेशमा हस्ताक्षर गर्नुअघि राष्ट्रपति ट्रम्पले सामाजिक संजालहरूसँग 'अनियन्त्रित शक्ति' भएको आरोप लगाएका छन्।
ट्रम्मको यो आदेशले कानुनी चुनौतीहरूको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ।
कानुनी विज्ञहरूका अनुसार यी प्लेटफर्महरूको वर्तमान सुरक्षा कानुन बदल्नका लागि अमेरिकी कांग्रेस वा अदालती प्रणाली संलग्न हुनुपर्नेछ।
ट्रम्पले बारम्बार सामाजिक सञ्जालहरूले 'कन्जरभेटिभ' र कन्जरभेटिभ आवाजहरू'लाई सेन्सर गरेको आरोप लगाउँदै आएका छन्।
बुधवार आफ्ना दुई ट्विटमा ट्विटरले 'तथ्य जाँचको' चेतावनी चिन्ह लागेपछि ट्रम्पले ट्विटरलाई आगामी चुनावमा हस्तक्षेप सुरू गरेकोको आरोप लगाएका थिए।
ट्विटरले बिहीबार चिनियाँ सरकारी प्रवक्ताका दुई ट्विटमा पनि 'कोविड -१९ बारे तथ्य जाँच' को चेतावनी चिन्ह लगाइदिएको छ। ती ट्विटमा उनले कोरोना भाइरस अमेरिकाबाट सुरु भएको ट्विट गरेका थिए।