निजी रकेट कम्पनी स्पेसएक्सले शनिबार नासाका दुई अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाएको छ।
नौ वर्ष अघि अमेरिकी अन्तरिक्ष यान बन्द भएपछि अमेरिकी भूमिबाट अन्तरिक्ष अभियान सुरु भएको यो पहिलो पटक हो।
यस यानमा नासाका बब बेनकेन र डग हर्ली अन्तरिक्ष यात्रीका रुपमा रहेका छन्। उनीहरू सन् २००० यसका लागि छनौट भएका थिए र दुबै हालसम्म दुई-दुई पटक अन्तरिक्षमा पुगिसकेका छन्।
उनीहरू नासाका सबैभन्दा अनुभवी अन्तरिक्ष यात्री हुन्। उनीहरूको यो यात्रा १९ घण्टाको हुनेछ।
यस यानको प्रक्षेपण हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडा स्थित केनेडी स्पेस सेन्टर पुगेका थिए।
शनिबारबाट एलोन मस्कको स्पेसएक्सले सुरू गरेको यो नयाँ अभियानमा अन्य निजी कम्पनीहरु समेत यस क्षेत्रमा आउने आशा राखिएको छ।
विमान कम्पनी बोइङ्गले नासासँग पहिले नै यससम्बन्धी एउटा सम्झौता गरिसकेको छ।
उद्यमी एलोन मस्कले एक्सस्पेस अभियान सुरू भएको देख्दा आफू भावुक बनेको बताए।
'यो चीज मानिसहरूले मुटुमा बस्नुपर्ने कुरा हो भन्ने मैले सोचेको छु, अन्वेषण भावना भएको जो कोहीमा पनि यो हुनेछ। र अमेरिका यस अन्वेषणको भावना हो', उनले संवाददाताहरूसँग भने।