ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शुक्रबार नेपालमा मी सीरीज अन्तर्गत दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० सार्वजनिक गरेको छ।
मी १० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट्ट वायरलेस चार्जिंग रहेको छ।
मी नोट १० लाइटले ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ठूलो क्षमता भएको ५२६० एमएएच ब्याट्री जडान छ। यसमा १०८ एमपी क्वाड क्यामेरा जडान गरिएको छ।
यो फ्ल्यागशिप क्वालकम स्न्यापड्रगन ८६५ चिपसेट द्वारा संचालित छ। यसमा छिटो ५जी कनेक्टिभीटीको लागि एक्स ५५ मोडेम रहेको छ। यसकमा ८ जीबी र्याम र १२८ जीबी वा २५६ जीबी रोम क्षमता रहेको छ।
मी १० ले ३० वाट्ट वायर्ड चार्जिंग र विश्वको सब भन्दा छिटो ३० वाट्टको वायरलेस चार्जिंग प्रदान गर्दछ ।
मी नोट १० लाइट
फस्ट क्लास ६.४७ इन्च थ्री ठी कव्र्ड एमोलेड डिस्प्ले र पछाडि थ्री डी कव्र्ड ग्लास भएको मी नोट १० लाइटले एक प्रीमियम इन—ह्यान्ड महशुस गर्दछ।
यसमा ६४ एमपी क्वाड क्यामेरा सेटिंग र सोनी आईएमएक्स ६८६ सेन्सर जडान गरिएको छ। ९६० एफपीएस स्लो मोशन क्याप्चर, फोके भिडियो शूटिंग र भ्लग मोड जस्ता फिचर्स समावेश गरिएको छ।
यस जडान गरिएको ५२६० एमएएच ब्याट्रीले गर्दा एक पटक चार्ज गरेर दुई दिने प्रयोग गर्न सकिन्छ
मुल्य र उपलब्धता
मी १० दुईवटा कलर भेरियन्टमा उपलब्ध हुनेछ —ट्वीलाइट ग्रे र कोरल ग्रिन ८जीबी प्लस २५६जीबी भेरियन्टमा रु ८९,९९९ मुल्यमा उपलब्ध हुनेछ। मी नोट १० लाइट ६जीबी प्लस १२८जीबी भेरियन्टमा तीन कलर अप्सनहरुमा उपलब्ध छ। मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पलमा रु ४४,९९९ मुल्यमा उपलब्ध हुनेछ।
दुवै फोनहरु खरिदका लागि अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा छिटै उपलब्ध हुनेछ ।