शाओमीले नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको घोषणा गरेको छ। शाओमिले उक्त फोन विहीबार सार्वजनिक गरेको हो।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट सिरिज सबैका लागि आविष्कारको प्रेरक बनेको बताए।
उनले भने ‘रेडमी नोट ८ सिरिजले रेडमी नोटको विशेषतालाई निरन्तरता दिदैँ नयाँ बेन्चमार्क कायम गरेको छ। जुन सबैभन्दा बढी खोज्ने सिरिजको रूपमा विकसित भएको छ।’
उनले थपे, ‘यो फाेनकाे विशाल ब्याट्री र क्वाड क्यामेरा सेट अपको उत्कृष्ट संयोजनलाई मन पराउनुहुन्छ भन्ने विश्वास छ।’
रेडमी नोट ९ प्रो
रेडमी नोट ९ प्रोको यस सेगमेन्टमा अत्याधुनिक क्यामेराको प्रयोग गरिएको छ। जसमा आधुनिक क्वालकम स्न्यापड्रैगन ७२०जीे विशेषता रहेको छ।
उक्त फोनको ४८ एमपीको सामसुङ्ग आईसोसेल ब्राइट जीएम२ सेन्सर स्मार्ट आईएसओ जस्ता विशषताहरु छ।
साथै ४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा—वाइड एंगल लेन्स, एक २ एमपी डेप्थ सेन्सर र एक ५ एमपी म्याक्रो सेन्सरसंग जोडिएको छ। जसले वस्तुको २ सीएम जति नजिक पुग्न र १०८०पी म्याक्रो भिडियो खिच्न मद्दत गर्दछ।
सेल्फी प्रेमीहरूको लागि त्यहाँ फ्रन्टमा १६ एमपी सेन्सर छ। रेडमी नोट ९ प्रो सिरिजको अगाडि, पछाडि र रियर क्यामेरा लेन्सहरूमा ट्रिपल कर्निंग गोरिला ग्लास ५ छ।
रेडमी नोट ९ प्रो ६जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा छ। यो फोन इन्टरइस्टेलर ब्ल्याकमा पाइन्छ। उक्त फोनको मूल्य २९ हजार ९ सय ९९ तोकिएको छ।
रेडमी नोट ९ प्रोकाे विशेषताहरु
Redmi Note 9 Pro |
16.9cm (6.67) FHD+ DotDisplay 20:9 Cinematic Screen |
Octa-core Qualcomm® Snapdragon™ 720G clocked at 2.3GHz Adreno 618 with Snapdragon™ Elite Gaming 8nm Process Technology 2x2 MIMO WiFi Z-Axis Linear Vibration Motor |
6GB/128GB LPDDR4X, UFS 2.1 2+1 SIM slot (expandable up to 512GB) |
NavIC support Better accuracy Lesser TTF (Time To Fix) |
48MP Quad camera array PDAF and Super Stabilization 48MP primary sensor 8MP ultra-wide sensor 5MP macro sensor 2MP depth sensor |
16MP in-display selfie camera |
5020mAh battery Type-C 18W charger in-box |
MIUI 11 based on Android 10 |
Triple Corning® Gorilla® Glass 5 - front, back and rear camera Side-mounted fingerprint scanner P2i hydrophobic nano-coating Reinforced corners Dual pyrolytic sheet 380V surge protection on the in-box charger IR blaster |
Interstellar Black 165.7mm x 76.68mm x 8.8mm 209g |