ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ।
अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन्। साथै रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु (२० भन्दा बढी ओपोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुनेछ।
सन् २०१९को नोवेम्बरमा घोषणा गरिएदेखि नै कलरओएस प्रयोगका लागि विश्वभर बाटै ओपोका प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेको कम्पनीको भनाइ छ।
कम्पनीकाअनुसार विश्वभरका १ सय ४० देशमा कलरओएका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ।
ओपो फाइन्ड एक्स, फाइन्ड एक्स सुपरभोक इडिशन, फाइन्ड एक्स आटोमोलि लयाम्बर्गिनी इडिशन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर१७ प्रो, एफ११ प्रो र एफ११मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको कम्पनीकाे भनाइ छ।