चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षाको चुनौति देखिएको छ। उक्त फोन मार्फत अनाधिकृतरुपमा प्रयोगकर्ताहरुको मोवाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियता माथि प्रश्न उठेको छ। यति मात्र नभई साइवर सुरक्षाको चुनौति समेत थपेको विज्ञहरुको ठहर छ।
विभिन्न अध्ययनहरुले देखाएअनुसार यो फोन साओमी एमआई १०, साओमी रिडमी के २०, साओमी मिक्स थ्रि लगायतका फोनमा यस किसिमका समस्या बढी देखिएको छ।
फोब्स पत्रिकाको एक जिज्ञासामा सो कम्पनिले भने गोपनियता र सुरक्षा आफ्नो प्रमुख चासोको बिषय भएको उल्लेख गर्दै त्यस्तो समस्याका बारेमा आफूलाई जानकारी नभएको प्रतिकृया दिएको छ।
साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा वाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका हुन्। उक्त घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य हस आउने बिश्लेषण अध्ययनहरुको छ।
साइवर सुरक्षासम्वन्धी अनुषन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरु पठाएको देखाएको छ।
त्यसले लाखौं प्रयोगककर्ताको गोपनियता भंग हुने अवस्था उत्पन्न भएको फोब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ। साओमी कम्पनिले भने सो मोवाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो वाहिरिएको स्वीकार गरेको छ।
साओमीको एउटामात्र नभई धेरै सिरिजका फोनहरुमा यो समस्या देखिएकोले प्रायेगकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ। यससँगै आगामि दिनमा ती वाहिरएका गोप्य डाटाहरुले पार्ने प्रभाव झनै चुनौतिपूर्ण हुने उल्लेख गरिएको छ।
उक्त फोनको प्रयोगकर्ताहरुका सवै गतिविधी ट्रयाकिङ हुने भएकोले यो झनै खतरनाक कुरा भएको निश्कर्ष अनुषन्धानकर्ताहरुले निकालेका छन्।
साओमी सँगको सहकार्यमा यी डाटाहरु जो सुकैले पनि पाउने र प्रयोग गर्नसक्ने देखिएको फोब्सको समाचारमा उल्लेख छ।
उक्त समाचारमा जनाइएअनुसार साओमीका एकजना ग्राहक आफूले वोकेको साओमीको फोनसेट सहित फोब्सको कार्यालय पुगेका थिए। त्यसपछि फोब्सले यो विषयमा आफ्नो खोजी कार्य अगाडि बढाएको थियो।