हुवावेले इन्टरोप टोकियो २०२० मा आठ किसिमको पुरस्कार जितेको छ।
जापानको सबैभन्दा ठूलो आईसीटी प्रदर्शनी, इंटरप टोक्यो २०२० को आयोजक समितिले ‘सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार’ को हुवावेलाई विजेता घोषित गरेको हो।
जसमा हुवावेका इनोभेटिभ प्रोडक्टस एण्ड सोलुसनले आठ पुरस्कार जित्न सफल भएको थियो। जसमध्यमा पाँच भव्य पुरस्कार थिए।
हुवावेले इन्टरप टोकियो २०२० मा जितेको पुरस्कार
नेटवर्क इन्फ्रास्ट्रक्चरमा भव्य पुरस्कारः ओप्टिएक्सट्रन्स ओएसएन ९८०० एम१२, उद्योग को पहिलो सुपर सी–बैंड प्रसारण उत्पादन।
क्लाउड इन्फ्रास्ट्रक्चरमा भव्य पुरस्कारः क्लाउडइन्जिन १६८०० डाटा सेन्टर स्विच, एआई युगमा डाटा सेन्टरहरूको लागि उद्योगको उच्च घनत्व ४०० जीई लाइन कार्ड।
सर्भर र भण्डारणमा भव्य पुरस्कारस् हुवावेको नेक्स्ट जेनेरेसन अल–फ्ल्यास स्टोरेज ओसनस्टेटर डोराडो ८०००र १८००० भि६, कोर उत्पादन र लेनदेन परिदृश्यहरूमा उन्मुख र लगातार प्रदर्शन, विश्वसनीयता र इन्टेलिजेन्स आधार चिन्ह।
इन्टरनेट अफ थिङ्स (आइओटी)मा भव्य पुरस्कारस् हुवावे एज कम्प्यूटिंग गेटवे एआर५०२एच
सुविधामा भव्य पुरस्कारः इमिमो एज कम्प्यूटिंग सुविधा समाधान।
एआइ (आर्टिफिसियल इन्टेलिजेन्स्) कोटामा उद्योगको अग्रणी एटलस ९००एआइ क्लस्टर एक मात्र पुरस्कार जित्ने उत्पादन हो।
ईन्टरप्राइज आईटीमा विशेष पुरस्कारः हुवावे फाइभजि एआर नेटइन्जिन एआर६०००
नेटवर्क इन्फ्रास्ट्रक्चरमा विशेष पुरस्कारः हुवावे ओप्टिएक्सट्रन्स डिसि९०८, इन्टेलिजेन्ट डाटा सेन्टर इंटरकनेक्ट (डिसिआइ) को उत्पादन, एकल फाइबर क्षमताको ८८ टिबिट र एआइ इनेबल्ड मर्मतसम्भार
महामारीको प्रभावले इन्टरोप टोकियो २०२० ले अन–साइट प्रदर्शन रद्द गरी अनलाइन प्रदर्शन र आईसीटी अवार्ड चयन गतिविधिहरू अप्रिल १३ देखि जून ३० सम्ममा प्रदर्शन गर्ने भएको छ।