नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि.ले कम मूल्यको फोजी स्मार्टफोन नोकिया सी२ बजारमा ल्याएको छ।
यो स्मार्टफोनमा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढी स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा राम्रो हुने कम्पनीको दाबी छ। उक्त स्मार्टफोनमा ५.७ इन्चको एचडिप्लस आइपिएस डिस्प्ले स्क्रिन छ।
जसलाई टफन ग्लासद्वार सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ। यसमा एनड्रोइड नाइन पाइ (गो इडिसन) अपरेटिङ सिस्टम छ। जुन गो एप चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो।
कम्पनीकाअनुसार गो एमले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ। यसमा माइक्रोएसडी कार्डद्वारा ६४ जिबीसम्म स्टोरेज बढाउन सकिन्छ।
साथै भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ। यो स्मार्टफोनमा बदल्न मिल्ने २८००एएचको ब्याट्री छ जसको चार्ज दुई दिनसम्म टिक्ने कम्पनीले बताएको छ।
फोटोग्राफीको लागी उक्त स्मार्टफोनमा पछाडि फाइभ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि फाइभ मेगापिक्सेल क्यामरा, सेन्सर लेड फ्ल्यास् लाइट रहेको छ।
यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्डर्ड क्यामरा फिचरहरु रहेको छ। अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरु समेत रहेका छन। नोकिया सी२ फोजी स्मार्टफोनको बजार मूल्य ९ हजार २ सय ९९ पर्छ। जुन विभिन्न रगंहरुमा बजारमा पाउन सकिन्छ।
साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सिवान र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्वारा अत्यन्त रुचाएको कम्पनीको भनाइ छ।
साथै नोकियाका फिचर फोनहरु र नोकिया सिवान स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।
नोकिया सी२का विशेषता
डिस्प्लेः ५.७ एचडीप्लस आइपिएस
रिजोलुसनः ७२०×१४४० पिक्सल, १८ः९ रेसियो
र्यामः १जिबी
स्टोरेजः १६ जिबी
ब्याट्रीः रिमुभेवल २८००एमएएच/फाइभभिवानए चार्जिङ