एनालग इंकले डिजिटल सिकाइ सफ्टवेयर सार्वजनिक गरेको छ। स्कलरकी नामको यो सफ्टवेयर सबै शैक्षिक संस्थाहरुका लागि भएको कम्पनीले जानकारी दिएको छ।
अविभावक,विद्यार्थी र शिक्षकबीचको खाडललाई पुरा गरी राम्रो सिकाईको वातावरण बनाउनका लागि यो सफ्टवेयर उपयोगी हुने कम्पनीले विश्वास लिएको छ।
शैक्षिक संस्थाहरुलाई सिकाइ प्रवाहका लागि किफायति हुने र विद्यार्थीका लागि सहज हुने यो सफ्टवेयरका विशेषता रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशुतोष अग्रवालले जानकारी दिए।