लकडाउनमा अनलाइन क्लास र मिटिङहरु भइरहेको समयमा इन्टरनेट स्पीड कम हुनाले विद्यार्थी र शिक्षकलाई समस्या परिरहेको हुनसक्छ।
यस्तो समस्या नहोस् भनेर भायानेटलअहिलेका विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ्ग टिभी प्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ।
भायानेटको नयाँ ई–लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबिपिएससम्म दोब्बर गर्नसक्छ। अन्य समयमा २५ एमबिपिएसमा संचालन हुन्छ।
विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो।
यस प्याकेजमा “फोकस मोड” विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु रहेको भायोनेटले बताएको छ।
“फोकस मोड” विशेषता भायासेक्योरद्वारा पावर गरिएको छ। जसको मद्दतले गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लीकमै नचल्न प्रयोगकर्तालाई सहयोग गर्छ।
यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषताहरु छन्।
ई–लर्निङ्ग प्याकेज प्रति महिना १७ सयमा उपलब्ध रहेको भायोनेटले बताएको छ।