नेपाली बजारमा नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५३१० भित्रिएको छ।
नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि.ले यो मोबाइल नेपाली बजारमा भित्राएको हो।
म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजिक मोबाइल एक दशक अघि ग्राहकद्वारा अधिक रुचाइएको थियो।
नोकिया ५३१० फिचर फोनमा डुअल स्पिकर जडान गरिएको छ।
उक्त फोनमा वायरलेस एफ. एम. रेडियो छ जुन एयरफोन लगाएर सुन्न सकिन्छ। यसको बक्समा एयरफोन पनि राखिएको छ।
यसमा २.४ इन्चको डिस्प्ले र पछाडि भिजिए क्यामरा, नोकिया सिरिज ३०+ अपरेटिगं सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ जडान गरिएको छ। साथै १२००एमएएच कोे ब्याट्री जडान गरिएको छ। जसको चार्ज दुई दिनसम्म टिक्ने कम्पनीको दाबी छ।
यो फोनको बजार मूल्य ५ हजार ४ सय ४९ पर्दछ भने विभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ।
साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध रहेको कम्पनको दाबी छ।