कोरियाली मोबाइल ब्राण्ड सामसङ नेपालले सामसङ ग्यालेक्सी ‘एस२० अल्ट्रा’ फ्ल्यागसिप स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
नेपाली उपभोक्ताले मन पराएको एस सिरिज अन्तर्गत उक्त फोन नेपाली बजारमा ल्याएको हो।
यस स्मार्टफोनबाट कुनै पनि फोटोलाई एडिट, क्रपिङ्ग तथा सहजै जुमिङ्ग गर्न सकिन्छ। यो स्मार्ट फोनमा १ सय ८ मोगापिक्सलको क्यामरा रहेको छ।
यसमा ठूलो सेन्सर जडान गरिएको छ। जसले अध्याँरोमा पनि उत्कृष्ट फोटो खिच्न सघाउँछ। यसमा भएको सेटप फिचरले क्यामरालाई अधिकतम १०८ मेगापिक्सलको मोड र १२ मेगापिक्सलको मोडमा राख्दछ।
यस स्मार्टफोनको स्पेस जुम प्रविधिले हाइब्रिड अप्टिक जुम तथा सुपर रिजोलुसन जुमलाई आत्मसाथ गरेको छ, जहाँ एआई पावर्ड डिजिटल जुमले जति नै टाढा रहेको अवस्थमा नजिकै ल्याई फोटो खिच्न सघाउँछ।
यसमा फोल्डेड लेन्स राखिएको छ, जसबाट मल्टि इमेज प्रोसेसिङ्ग गरी इमेजको गुणस्तरीयता कायम गरी जुम गर्न सकिन्छ। यसबाट हण्डेडएक्सको जुम गरी सफाफोटो खिच्न सकिन्छ।
क्यामराबाट लिइएको एउटै टेकलाई विभिन्न प्रकारमा लिन सकिन्छ। यसको क्यामरामा भएको एआई प्रविधिले, विभिन्न संख्यामा फोटो तथा भिडियोहरु खिच्छ।
ग्यालेक्सी एस२० अल्ट्राले ८के भिडियो खिच्ने क्षमता राख्दछ, यसले गर्दा प्रयोगकर्ताले उच्चस्तरीय एवं प्राकृतिक संसारलाई जस्ताको तस्तै कैद गर्न सक्नेछन्।
आफूले भिडियो खिचिसके पछि त्यसलाई सामसङको क्वीएलइडी ८के मा उच्चस्तरीय अनुभवका साथ हेर्न सकिन्छ र त्यहाँबाट हाइरेज फोटोमा परिवर्तन गर्न पनि सकिन्छ।
युट्युब ८के भिडियोको लागि सामसङले युट्युवसँग सहकार्य गरेको छ, यसबाट प्रयोगकर्ताले आफ्नो भिडियोहरु संसारभर सहजै सेयर गर्न सक्नेछन्।
प्रयोगकर्ताले मोबाइलमा खिचेका भिडियोहरु सोझै युट्युवमा अपलोड गर्न सक्नेछन्। उपभोक्ताले यो फोन कस्मिक ब्ल्याक र कस्मिक ग्रेमा किन्न पाउँनेछन्।
यो फोन खरिदमा ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बडस्प्लस, इएमआइको सुविधा, १ वर्षसम्मको ब्रेकेज इन्स्युरेन्स तथा एक्स्चेन्ज सुविधा पाउन सक्नेछन्।
यसमा नयाँ जमानाको गेमिङ्गको मज्जालिन सकिन्छ। फोनमा भएको फास्ट प्रोसेसर, १२ जिवी र्याम, अडियो तथा गेम बुस्टर जस्ता विशेषताले फोन चलाउनुको वेग्लै अनुभव प्रदान गर्दछ।
कम्पनीले उक्त फोन जुन २३ तारिख अथार्त् मंगलबारबाट नेपालका सामसङ ब्राण्ड स्टोरहरुमार्फत बिक्री गरिने बताएको छ। फोनको नेपाली बजार मूल्य १ लाख ५९ हजार ९ सय ९९ तय गरिएको छ।
मुख्य हाइलाइटः
डिस्प्लेः ६.९ इञ्च
स्टोरेजः १२८ जिबी/१२ जिबी
ब्याक क्यामेराः १०८/४८/१२/०.३ मेगापिक्सेल
फ्रन्ट क्यामेराः ४०/०.७ मेगापिक्सेल
ब्याट्रीः ५ सय एमएएच