लकडाउनको समयमा लोकप्रिय बनेका धेरै सञ्चार एपहरुमा समेत डाटालगायतका गोपनीयताको विषयलाई प्रश्न उठेको छ। राकुटेन भाइबरले भने डाटा सधैं सुरक्षित राख्ने दाबी गरेको छ।
फोब्र्सकाअनुसार लकडाउनमा भाइबरको इन्टरनेट प्रयोग ७० प्रतिशतले बढेको छ।
जसले अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिकाहरु प्रदान गरेको छ।
यो प्रयोगकर्ताहरुको डाटा संरक्षण गर्नलाई गरिएको प्रतिबद्धताप्रति ऐक्यबद्धमा आधारीत रहेको बताइएको छ।
'अन्य एपहरुले प्रयोगकर्ताकोे डाटा बजारमा प्रवद्र्धन गरी मार्केटिङ्ग अभियानहरुको सुधार गर्न वा अन्य कम्पनीहरुलाई बिक्री गर्न प्रयोग गर्न सक्छन्। भाइबरबाट प्रेषित निजी सन्देशहरु स्वतः नै इन्क्रिप्टेड हुन्छन्, जसको अर्थ भाइबरले पनि भाइबर प्रयोगकर्ताहरुको च्याट हेर्न असम्भव नै हुन्छ', राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भने।
'भाइबरमा पठाएको प्रत्येक सन्देश जुन उपकरणलाई पठाइएको हो त्यसमा मात्र पढ्न सकिन्छ' अगाउवाले थपे।
केही निर्देशनहरु पालना गरी आफ्नो उपकरणमा रह्को सूचना सुरक्षित गर्न सकिने उनले बताए।
आफ्नो फोनको गोपनीयता सेटिङ्ग जाँच गरीे फोनमा भएको कुन–कुन एपहरुलाई कुन ठाउँमा डाटाको पहुँच पुग्ने अनुमति दिइएको हेर्न सकने राकुनेट भाइबरको भनाइ छ।
यदि कुनै एप जसको पहुँच कुनै त्यस्तो ठाऊँसम्म नहोस् भन्ने लाग्छ भने त्यसलाई बन्द गर्न टगल स्वीच दबाउन समेत सकिन्छ।
यदि सेयर्ड उपकरण प्रयोग गरिरहेको छ भने टाइप गरिएको संवेदनशील जानकारी संरक्षण गर्न अटो फिल बन्द गर्नु उचित हुन्छ।
काम सकेपछि एपहरुबाट लग आउट गर्नुपर्छ, यसोगरे प्रयोगकर्ताले निजी विवरण देख्नसक्दैनन्।
एप इन्स्टल गरेपछि सावधानी अपनाउन जरुरी हुन्छ। विश्वासिला स्टोरहरु जस्तैः एप स्टोर वा प्ले स्टोरबाट एपहरु डाउनलोड गर्नुपर्छ। ती एपहरु भरोसापूर्ण र सुरक्षित छन् भने मात्र डाउनलोड गर्न राकुनेटको सुझाव छ।
धेरैजसो एपहरुले डाटा संग्रह गर्न, व्यवसाय गर्न र विज्ञापन गर्ने उद्देश्यहरुले प्रयोग गर्न सक्छन्।
भाइबर पूर्वनिर्धारित नै इन्क्रिप्टेड भएकोले यसबाट आफ्नो डाटा लिक हुने वा बिक्री हुने चिन्ता लिइरहनु नपर्ने राकुनेटले बताएको छ।
'राकुटेन भाइबरमा डाटा कहिल्यै पनि बिक्री गर्दैनौं, वास्तवमै हामि त्यो डाटा हेर्न समेत सक्दैनौ', राकुटेन भाइबरका सिइओ अगाउवाले भने।
राकुटेन भाइबर प्रयोगकर्ताले वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी लिने गर्छन्।