सामसङले एम सिरिजअन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ। नयाँ ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ। साथै ५ हजार एमएएचको ब्याट्री रहेको छ।
यसमा रहेको ब्याट्रिले बारम्बार चार्ज नगरी विना रुकावट दिनभर मोबाइल चलाउने सकिने बताइएको छ। छिटै मोबाइल चार्ज गर्नको लागि १५
वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ।
यस फोनको स्टोरेज क्षमता माइक्रो एस डि कार्डको माध्यमबाट ५ सय १२ जिवीसम्म सहजै बढाउन सकिने बताइएको छ। जसको मेमोरी पावर थ्री जिबी प्लस ३२ जिबी रहेको छ।
ग्यालेक्सी एम११ को ट्रिपल रियर क्यामरा सेटअप गरिएको फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा, ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ।
साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ। ग्यालेक्सी ११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा जडान गरिएको छ।
मूल्य तथा उपलब्धता
यो स्मार्टफोन नेपालभरका सामसङका ब्राण्ड स्टोरहरुबाट यही असार ११ बाट उपलब्ध भइरहेको छ।
साथै यो फोन मेटालिक ब्लु, ब्ल्याक तथा भ्वोइलेट कलरहरुमा उपलब्ध छ। नेपाली बजारमा उक्त फोनको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।