नेपालको इन्टरनेट सेवा प्रदायक भायानेटले जूम भिडियो कन्फ्रेसिङ एपको अफर ल्याएको छ।
भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज् सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्दैछ।
भायानेटका ग्राहकहरुले भायानेट मार्फत् जूमको सदस्यता लिंदा विशेष छुट प्राप्त गर्नसक्ने बताइएको छ।
नेपालभरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ्ग एप मार्फत् आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन्।
जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ।
त्यसैले यस एपको पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्ने भायोनेटले बताएको छ।
भायानेटकाअनुसार अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु यस प्रकार छन्ः २४से घण्टे गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने। साथैस्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ।